सभामुख नेम्वाङले उपसभामुखलाई राजीनामा बुझाउँदै


Subas-and-onsariवर्तमान सभामुख सुवासचन्द्र नेम्वाङले राजीनामा दिँदैछन् । नेम्वाङले साढे ११ बजे उपसभामुख ओनसरी घर्तीसमक्ष राजीनामा बुझाउने भएका छन् ।

२७ असोज, काठमाडौं । नयाँ सभामुख र उपसभामुख चयन प्रक्रिया आज बुधबारबाट सुरु हुने भएको छ ।
उपसभामुख ओनसरीले पनि आजै सभामुखलाई राजीनामा पत्र बुझाउने कार्यक्रम छ । सभामुख र उपसभामुख दुबैले राजीनामा बुझाएपछि दिउँसो ३ बजे बस्ने व्यवस्थापिका संसदको बैठकको अध्यक्षता ज्येष्ठ सांसदले गर्ने छन् ।
नयाँ सभामुख चयन प्रक्रिया आजैबाट सुरु
सभामुख र उपसभामुखको राजीनामापछि बस्ने व्यवस्थापिका संसदको बैठकले आजैबाट नयाँ सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने संसद सचिवालय स्रोतले अनलाइनखबरलाई बतायो ।
नयाँ संविधानको संक्रमणकालीन व्यवस्थामा तोकिएको समयसीमा अनुसार दसैं अघि नै नयाँ सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने छ ।
नयाँ सभामुख एमाओवादीको भागमा परेको छ भने उपसभामुख राप्रपा नेपाललाई दिने सत्तारुढ गठबन्धनवीच भद्र सहमति भएको चर्चा छ ।
एमाओवादीको आजै बस्ने स्थायी समिति बैठकले सभामुखको उमेद्वार तय गर्ने बताइएको छ । सभामुखमा कृष्णबहादुर महरा या गिरिराजमणि पोखरेलको नाम चर्चामा छ ।
[blogger]

Acubenepal

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget