२७ असोज, काठमाडौं । नयाँ सभामुख र उपसभामुख चयन प्रक्रिया आज बुधबारबाट सुरु हुने भएको छ ।
उपसभामुख ओनसरीले पनि आजै सभामुखलाई
राजीनामा पत्र बुझाउने कार्यक्रम छ । सभामुख र उपसभामुख दुबैले राजीनामा
बुझाएपछि दिउँसो ३ बजे बस्ने व्यवस्थापिका संसदको बैठकको अध्यक्षता ज्येष्ठ
सांसदले गर्ने छन् ।
नयाँ सभामुख चयन प्रक्रिया आजैबाट सुरु
सभामुख र उपसभामुखको राजीनामापछि बस्ने
व्यवस्थापिका संसदको बैठकले आजैबाट नयाँ सभामुख र उपसभामुखको निर्वाचन
प्रक्रिया अघि बढाउने संसद सचिवालय स्रोतले अनलाइनखबरलाई बतायो ।
नयाँ संविधानको संक्रमणकालीन व्यवस्थामा तोकिएको समयसीमा अनुसार दसैं अघि नै नयाँ सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने छ ।
नयाँ सभामुख एमाओवादीको भागमा परेको छ भने उपसभामुख राप्रपा नेपाललाई दिने सत्तारुढ गठबन्धनवीच भद्र सहमति भएको चर्चा छ ।
एमाओवादीको आजै बस्ने स्थायी समिति बैठकले
सभामुखको उमेद्वार तय गर्ने बताइएको छ । सभामुखमा कृष्णबहादुर महरा या
गिरिराजमणि पोखरेलको नाम चर्चामा छ ।